कविता शहरकी रानी

कविता

प्रिय शहरकी रानी 
यो पहाडेराजा तिम्रो शहरमा 
अट्न सकेन
एक अञ्जुली प्रेम तिमीलाई 
थमाउन सकेन ।
कति गरौँ तिम्रो शहरको 
तारिफ
जहाँ हिड्न गोडालाई सन्चो छ ।
गाडी तिम्रो गेटमा
खान मनलागे
हातलाई सन्चो छ ।
भान्छे तिम्रो घरमा 
धुनलाई साबुन छोईरहन पर्दैन
लण्ड्री भुईतलामा ।
बस् यतिमात्र गर्नु परेको छ तिमीले
खाईदिनु प¥यो अनी लाईदिनु प¥यो ।
तिमी त कति सन्तोकी छ्यौ है 
थोरै खाईदिन्छ्यौ 
अनी थोरै लाईदिन्छ्यौ ।।

Beautiful QUEEN


तिम्रा बाबा
तिम्रो बाबा सिंह थिए
मैले तिमीलाई नी सिंह नै देखे 
तिम्रो बाबा दिनभरि 
सिकार गर्नु हुन्थ्यो 
कहिले जग्गा दलालीको सिकार ।
कहिले घुसको सिकार ।
कहिले ठगिको सिकार ।
कहिले चोरीको सिकार । 
कहिले गुण्डागर्दीको सिकार । 
साँच्चै तिम्रो बाबा
सिंह जस्तै हुनु हुन्थ्यो । 

त्यै सिकार गरेर होला 
यति ठूलो गुफा बनेको
मेरी प्रिय शहरकी रानी 
मलाई अझैपनि यस्तो
सिंह र गुफासंग 
असाध्यै डर लाग्छ ।

 

शहर
तिमी बस्ने सहर 
कति सुन्दर छ 
चारैतिर उज्यालै उज्यालो 
ठूला ठूला महल 
रमित लाग्दा गाडीहरु
आकाशमा नटुट्ने जहाजहरु
ठाउँ ठाउँमा बगैँचाहरु 
ठाउँ ठाउँमा स्विमिङपूलहरु 
ठाउँ ठाउँमा रिसोर्टहरु 
कति रमाईलो लाग्छ 
तिमीलाई मात्र यो शहर


पोहोर सालको कथा छ 
मेरी आमा यो शहरमा 
आउँदाको 
त्यतीबेला मेरी आमाले
बसपार्कमै वान्ता गरेकी थिईन्
यो शहरको गन्ध आउँदा 
मलाई लाग्छ
यो शहर हजारौ वान्ताको
गन्धले सुगन्धित छ ।।
जीवनको एक सेकेण्डको
भर छैन
कुनबेला ठक्कर खाएर 
मर्नुपर्ने हो ।
धुँवा र धुलोले आयू कम गर्दैछ 
गाडिले लछारपछार गरेर 
मुंग्राले हान्दै धोएको 
कपडा जस्तो 
बनाएको छ ।

संस्कार
मेरी आमाले आफ्नो भागको 
एकमुठी चामल निकालेर
गरिबको पोल्टामा राखिदिन्छिन् 
खै के सँस्कार पायौ तिमीले ?
तिमीहरु गरिवलाई थुकेर हिड्छौ । 
मेरो घर नजिकै 
ठूलो रुखमुनी 
देवस्थान छ
तिम्रो शहरको मन्दिरमा त 
आहा 
कति राम्रो उज्यालो 
ट्वाईलेटमा लगाउने टायल
टाँसेको छ । 
मेरो बाबा भन्नुहुन्छ
देवता प्रकृति छ
त्यस्तैमा रमाउँछन् रे । 

मैले
मैले सानुछँदा पढेको थिएँ
मुसीको बिहेको कथा ।
त्यहाँ मुसिको बिहे 
पहाडसंग हुदैन
बादलसंग हुदैन
घामसंग हुदैन 
चीलसंग हुदैन
मेरो पनि कथा त्यस्तै थियो क्यार
मेरो बिहे पनि तिमीसंग भएन ।
प्रिय शहरकी रानी 
मेरो बाबाले गाँउमा 
एक्लै च्याब्रुङ बजाको सम्झेर
मेरी आमाले तिनपाने रक्सिथाप्ने
यागाङ्मा बोक्न गाह्रो भएको सम्झेर
हलगोरुले मलाई पर्खेको सम्झेर
पाखा पखेरु मेरै यादमा बसेको 
सम्झेर
घर गाउँले ले मलाई नै 
कुरेको सम्झेर
म फेरि गाँउमै फर्के । 
तिम्लाई ताजमहल बनाउन लगाउँदा
शीरबाट फेद बनाउँछौ 
तर यदि कुरा ख्याल गर
ताजमहल बनाउने ले
ताज महललाई बनाउन
चरबाट सुरु गरेको थियो
हाम्रो बास्तबिकता यही थियो 
माफ गर प्रीयसी तिमी पहाडको रानी 
र म शहरको राजा बन्न सकेनौ ।