About Us

जिल्ला तेह्रथुम सुङ्नाम–३ मा अवस्थित पञ्चमीडाँडामा संचालनमा रहेको तत्कालिन श्री राष्ट्रिय दिव्येश्वरी प्राथमिक विद्यालय सुङ्नाम १ मा सारिए पछि गा.बि.स.को वडा नं. ४ का शिक्षाप्रेमी अभिभावकहरुले आफ्ना साना छोरा छोरीहरुलाई हिउँदको समयमा भेला गरेर पढाउन चित्राको छाप्रो वनाएर पुनःविद्यालय स्थापनाको जग हाल्न थालनी गरिएको हो भन्ने यस भेगका अग्रजहरुको भनाई रहेको पाईन्छ । त्यो छाप्रो विद्यालयको नाम सुङ्नाम ४ मै रहेको सिंहदेवी मन्दिरको नामवाट श्री सिंहदेवी प्राथमिक विद्यालय राखिएको हो । उक्त विद्यालयमा त्यसताका सुङ्नाम ४ कै खिलवहादुर वराल र छत्रवहादुर वरालले शिक्षकको रुपमा सेवा गरी महत्वपूर्ण योगदान पुर्याउनु भएको थियो । पछि २०३२ सालमा सुङ्नाम–४ निवासी स्व.श्री अविदल खड्काको नेतृत्व र अन्य शिक्षाप्रेमी वुद्घिजीवि अभिभावकहरुको सहयोगमा त्यही विद्यालयलाई सुङ्नाम–३ को मंगलवारे वजारका छेउमा स्थानान्तरण गरियो । 
 
- वि.सं. २०३४ सालमा प्राथमिक तह स्वीकृत भएपछि २०३६ साल देखि पुनःसुङ्नाम–४ निवासी स्व. दिगवीर सुतारकार्कीको सक्रियतामा निम्न माध्यमिक तहमा स्तरोन्नति गरी पठन पाठन सुरु भएको हो ।
- वि.सं. २०५३ सालमा सुङ्नाम र सोल्मा गा.वि.स.का अभिभावकहरुको आमभेला गराई क्रमश. सोही वर्ष देखि कक्षा–८ सञ्चालन गरेर विधिवत रुपमा माध्यमिक विद्यालयको थालनी भएको हो । यसरी विद्यालयलाई निरन्तर स्तरोन्नती गर्न त्यसवेलाका मा.वि. संस्थापक प्र.अ. तथा महान अभिभावक ज्यूहरुलाई यसको श्रेय जान्छ । 
- २०५३ साल देखि २०६० साल सम्म विद्यालयको मा.वि. पूर्ण रुपले निजी श्रोतवाट सञ्चालन गर्दाको घाउ सम्झदा अभै पनि आलै रहेजस्तो महसुस गरिन्छ,
- वि.सं. २०६१ सालमा एक माध्यमिक दरवन्दी प्राप्त गरी २०६५ सालसम्म यो विद्यालय अर्ध निजी श्रोतवाट सञ्चालन गरियो,
विद्यालय निजी श्रोतवाट माध्यमिक तह सञ्चालन गर्दाको पिडालाई अभिभावकहरुको साहसले कम आकलन गर्दै पुन २०६७ साल देखी यहाँका अभिभावक तथा जनताले उच्च माध्यमिक तह (+2) सञ्चालन गर्ने दृणसाहस गरेको पाउँदा विद्यालयको ईतिहाँसमा नै अभिभावकहरुको योगदानको अमिट छाप कायर रहेको पाईन्छ । 
         यसरी (१०ं२) सञ्चालनका लागि रकम जुटाउने काममा सुङ्नाम–४ निवासी यसै विद्यालयका पूर्वशिक्षक (हाल काठमाण्डौ) श्री श्रीमान कार्की ज्यूले तत्कालिन वि.व्य.स. अध्यक्ष हिकमत वहादुर घिमिरे र तत्कालिन प्र.अ. दुर्गा प्रसाद दाहाललाई करिव चार लाखको नगद विभिन्न शिक्षाप्रेमी दाताहरुवाट उपलब्ध गराई दिनु भई अविस्मरणीय योगदान दिनुभएको छ । 
 

बर्तमान विद्यालय व्यावस्थापन समितीका पदाधिकारीहरु 
अध्यक्ष श्री तिलोचन लिम्बु 
सदस्य श्री चन्द्रकुमारी लिम्बु
सदस्य श्री नरबहादुर कार्की
सदस्य श्री खगेन्द्र कार्की
सदस्य श्री गुमबहादुर लिम्बु
सदस्य श्री झमक संग्रौला
सदस्य श्री ख्यामकुमारी भण्डारी 
शि.प्र. सदस्य श्री रञ्जु अधिकारी खनाल
सदस्य सचिव श्री भवेन्द्र लिम्बु 

वर्तमान शिक्षक अभिभावक संघका पदाधिकारीहरु 
अध्यक्ष श्री विष्णुकुमार संग्रौला
सदस्य श्री पूर्णबहादुर शंकर
सदस्य श्री दिलकुमार तामाङ
सदस्य श्री मञ्जु कार्की
सदस्य श्री दुर्गाबहादुर कार्की
सदस्य श्री भगवती वि.क. 
सदस्य श्री भुमिका वि.क.
शि.प्र. सदस्य श्री सावित्रा बराल