६१ औँ रेडक्रस दिवसको अवसरमा सिंहदेवीले र्याली सहित वृहत कार्यक्रमको आयोजना गर्यो


६१ औँ रेडक्रस स्थापना दिवसको अवसरमा सिंहदेवी माध्यमिक विद्यालयमा विभिन्न कार्यक्रम गरि मनाईएको छ । लाली गुराँस नगरपालिका ६ सुङ्नाममा अवस्थित विद्यालयले भदौ १९ गते मंगलबारका दिन विद्यालयबाट विभिन्न पम्प्लेट निकालेर सडकमा र्यालीको आयोजना गरेको थियो, जनजनमा रेडक्रस मनमनमा रेडक्रस, विपद्को साहारा दुःखमा आहारा जस्ता कैयौँ नाराको साथ विद्यालयको प्राङ्गणबाट निस्केको र्यालीले सडकमा निस्केर स्वास्थ्य चौकीको भवन हुँदै मंगलबारे बजार परिक्रमा गरेर विद्यालयमा कोणसभा गरेको थियो । 
विद्यालयले विभिन्न समयमा विद्यार्थीको घरमा परेका आपतमा सहयोग गर्दै आएको र विद्यालय भन्दा बाहिरका प्राकृतिक प्रकोपमा विद्यालर्थीले आफ्नो खाजा बापतको पैसा छुट्याएर सहयोग गरेको शिक्षक नायक सावित्रा डाँगी बरालले अवगत गराउनुभयो । रेडक्रसका पिता जाँ हेनरी ड्युनाको जीवनीबाट धेरै कुराको प्रेरणा पाइने र सहयोग साथै सद्भावनाको विचार पैदा हुने समेत जानकारि दिनुभयो । 


यसै अवसरमा विद्यालयले कक्षा १–३ को तातो आलु प्रतियोगीताको आयोजना गरेकोमा पुनम खड्का प्रथम, सफल मगर दितीय र कृतिका संग्रौला तृतीय भएको छन् । 
त्यस्तै गरि कक्षा ४–५ को चित्रकला प्रतियोगीतामा 


प्रथम स्मृती संग्रौला दितीय सुजन लिम्बु र निता लिम्बु तृतीय भएको छन् । 
कक्षा ६–८ को हाजिरी जवाफ प्रतियोगीतामा फुङ्मा लिम्बु, रिता कार्की देशुहाङ लिम्बु र रुपेश खनालको टीम प्रथम, रिकिता लिम्बु, पविना संग्रौला, फुङहाङ लिम्बु र दिना घिमिरेको टिम दोश्रो र राज संग्रौला, सेसेमा लिम्बु, निता तामाङ र श्रेया लिम्बुको टीम तृतीय भएको छ । 


त्यस्तैगरि कक्षा ९–१२ को बक्तित्वकला प्रतियोगीतामा पार्वता कार्की प्रथम, रोशन संग्रौला दोश्रो र निसा लिम्बु तृतीय भएको छन् । कार्यक्रम सिंहदेवी मा.वि. मंगलबारेका जुनियर तथा युवा रेडक्रस सर्कलका अध्यक्ष सञ्जिव तामाङको सभापतित्वमा सम्पन्न भएको हो ।